Newslaya Home

​प्रदेश १ को हिउँदे अधिवेशन पुसको दोस्रो साता

बिहीबार २०, मङि्सर २०७५

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुसको दोस्रो हप्तामा हिउँदे अधिवेशन हुने बताएका छन् ।

हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम र राजधानी टुंगो लगाउने तयारी सरकारले गरेको छ । ‘अघिल्लो अधिवेशनमा नाम र राधानीको बिषयलाई प्रदेशसभामा प्रवेश गराउने तयारी भएको तर समय अभावका कारण त्यसले पूर्णता पाउन नसकेको मुख्यमन्त्री राईले बताए । 

यसअघि नाम र राजधानीबारे निर्णय गर्न भन्दै नेकपाको संसदीय दलको बैठक २ दिन बसेर स्थगित भएको थियो । असोज १५ र १६ गते बसेको संसदीय दलको बैठकले कुनै आधिकारिक धारणा तय गर्न सकेको थिएन् ।