Newslaya Home

​स्मार्टफोन हुवाई कम्पनीको सिईओ पक्राउ

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । चीनको स्मार्टफोन कम्पनी हुवाईको सिईओ पक्राउ परेकी छन् । उनलाई क्यानाडामा पक्राउ गरेर अमेरिकालाई बुझाएको रोयटर्सले जनाएको छ ।

हुवाईको ग्लोबल सिईओ मेग वांगझूलाई १ डिसेम्बरमा क्यानाडाको वेन्कोयरबाट पक्राउ गरिएको जनाएको छ । उनलाई अमेरिकाले इराकमा लगाएको प्रतिबन्धको उलंघन गरेको आरोप लगाइएको छ ।

क्यानाडाको न्याय विभागले हुवाई ग्लोबल सिईओ वांगझुलाई पक्राउ गरिएको बुधरबा जानकारी दिएको हो । 

उनका बारेमा आज सुनुवाई हुने रोयटर्सले जनाएको छ । उनलाई धरौटीमा आज छोड्न सक्ने अनुमान गरिएको छ ।

उनी हुवाईको अध्यक्ष पनि हुन् । हुवाई कम्पनीका संस्थापक रेन झेङफईकी छोरी बांगझुलाई रिहा गर्न कम्पनीले पनि आग्रह गरेको छ । 

वांगझुको पक्राउले अमेरिका र चीनको सम्बन्धमा असर पुग्ने अनुमान गरिएको छ । केही दिन अघिमात्रै दुवै देशका राष्ट्रपतिबीच व्यापारसम्बन्धमा सहमति भएको थियो ।