Newslaya Home

​राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने युरोप भ्रमण पुरा गरी बिहीबार स्वदेश फर्किएकी छन् । 

पोल्यान्डको कातोबीचमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम (कोप २४) मा सहभागी हुन राष्ट्रपति भण्डारी गत शनिबार युरोप गएकी थिइन् ।

राष्ट्रपति भण्डारीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय सांसदका सदस्य कृष्णगोपाल श्रेष्ठ, पूर्णाकुमारी सुवेदी, पुष्पा भुसाल गौतम, रामसहाय प्रसाद यादव र चन्द्रा चौधरी सहभागी थिए ।