Newslaya Home

​राजदूत शेर्पामाथि मानव तस्करीको आरोप

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई ‘मानव तस्करी’को आरोप लागेको छ । यस विषयमा सरकारले अनुसन्धान सुरु गरेको छ । 

अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको नेपाली दूतावासमा चालकको काम गर्न गएका ओङ्छु शेर्पाले केही दिनअघि राजदूत शेर्पाले मानव तस्करी गर्दै आएको आरोप लगाएका थिए ।

उक्त विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार वक्तव्य प्रकाशित गरेर राजदूत शेर्पाको विवादास्पद भूमिकाबारे सरकारको मौनताप्रति आपत्ति जनाएको थियो । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बुधबार जारी गरिएको वक्तव्यमा राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी भएको भन्दै राजदूत शेर्पालाई तत्काल छानविनका लागि परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने आग्रह गरिएको थियो ।