Newslaya Home

​पेलेको नजरमा मेस्सी भन्दा म्याराडोना उत्कृष्ठ फुटबलर

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । ब्राजीलियन लेजेन्ड पेलेले लियोनेल मेस्सी भन्दा अर्जेन्टिनाका डियागो म्यारोडोना  उत्कृष्ठ फुटबलर रहेको बताएका छन् । फोल्हा द साओ पाउलो पत्रिकाको लागि दिइएको अन्तर्वार्तामा पेलेले सो कुरा बताएका हुन् ।

पेलेले भने, ‘मेरे लागि म्याराडोना सधै उत्कृष्ठ खेलाडी मध्ये एक हुन् । यदि तपाई उनि मेस्सी भन्दा उत्कृष्ठ हुन् भनेर सोधनुहुन्छ भने, मरो उत्तर हुनेछ हो । उनि मेस्सी भन्दा धेरै राम्रो फुटबलर हुन् । जर्मनीका फ्रेन्ज बेकेनबाउर र नेदरल्याण्डका जोहान क्रुइफ पनि राम्रो  खेलाडी हुन् ।’
 
पेले र म्याराडोना लामो समय फुटबलमा साथ देखिएनन् । पेलेका अनुसार म्यारोडोनासँग उनको राम्रो सम्बन्ध रहेको छ । पेलेलाई सदावाहार उत्कृष्ठ फुटबलर मानिन्छ । पेले एक मात्र यस्ता खेलाडी हुन् जसको नेतृत्वमा तीन पटक देशलाई विश्वकप दिलाए ।