Newslaya Home

​फोर्ब्स म्यागेजिनः सलमान सर्वाधिक कमाउने बलिउड कलाकार

बिहीबार २०, मङि्सर २०७५

काठमाण्डौ । सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक भएको छ ।

फोर्ब्स म्यागेजिनले सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई गरेका छन् ।

यस्तै सर्वाधिक कमाई गर्ने दोश्रो बलिउडकर्मीमा अक्षय कुमार रहेका छन् । उनले १८५ करोड कमाई गरेको फोर्ब्सले जनाएको छ ।  नायिकाहरुमा दिपिका पादुकोण  टप १० मा परेकी छिन् । उनले १२२ करोड कमाई गरेकी छिन् । नायक साहरुख खान भने सर्वाधिक कमाई गर्ने सूचीको टप १० मा परेका छैनन् ।