Newslaya Home

​‘गीत गजल’को छायांकन सम्पन्न

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । फिल्म ‘गीत गजल’को एक गीतबाहेक सम्पूण छायांकन सम्पन्न भएको छ । फिल्मले ३५ दिनमा एक गीतबाहेकको सम्पूर्ण छायाँकन सकेको हो ।

छायाँकन सकिएको घोषणासँगै निर्माण पक्षले फिल्मका केहि तस्वीरहरू पनि सार्वजनिक गरेको छ । 

निर्देशक नितिन चंन्दको निर्देशनमा बनेको उक्त फिल्मबाट रूप पोखरेल र आरोही सिंहले नेपाली रजतपटमा डेब्यू गर्दैछन् । ‘गीत गजल’लाई आरोहण क्षेत्रीले निर्माण गरेका हुन् ।

फिल्ममा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, भिमा मैनाली लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्ममा कथा, पटकथा तथा संवाद अस्मीत पोखरेल, मुख्य सहायक निर्देशक सुदीप कुँवर, बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, अर्जुन जिसीको सम्पादन रहेको छ ।