Newslaya Home

​कल्चर लियोनेसालाई पराजित गर्दै बार्सिलोना कोपा डेल रे को प्रिक्वाटरफाइनलमा

बिहीबार २०, मङि्सर २०७५


काठमाडौं ।  कल्चर लियोनेसालाई पराजित गर्दै बार्सिलोना  स्पेनिस कोपा डेल रे फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले कल्चरल लियोनेसालाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

खेलको १८ औँ मिनेटमा म्युनिर इल हडडीले गोल गर्दै बार्सिलोनालाई पहिलो अग्रता दिलाएका थिए । यस्तै बार्सिलोनकालागि डेनिस स्वारेजले खेलको २६ औँ र ७० औँ मिनेटमा गोल गरेका थिए भने अर्को गोल मेल्कम स्ट्रकले गरेका थिए । 
उता, लियोनेसाको तर्फबाट भने सेनेले गोल १ गोल फर्काएका थिए ।