Newslaya Home

​गुठीको जग्गा कीर्ते गरी बेचेको अभियोगमा जनकपुरका एक महन्त पक्राउ

बिहीबार २०, मङि्सर २०७५

धनुषा । गुठीको जग्गा कीर्ते गरी बेचेको अभियोगमा जनकपुर रत्नसागर मठका महन्त बैकुण्ठ दास पक्राउ परेका छन् । 

जिल्ला अदालत धनुषाले पक्राउ गर्ने आदेश दिएपछि फरार रहेका महन्त दास काठमाडौंबाट पक्राउ परेका हुन् । दासलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कमलपोखरीबाट अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरेको प्रहरीले जनाउको छ ।

महन्त दासले हजारी जनक संस्कृत विद्यापीठको नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो जग्गा भएको दाबीसहित धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा सुनुवाई गर्दै अदालतले दासलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।