Newslaya Home

म्यान्चेस्टर युनाइटेड र आर्सनल बराबरीमा

बिहीबार २०, मङि्सर २०७५

काठमाडौं । बुधबार राति भएको प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले बराबरी खेलमा छन् ।

वल्र्ड ट्राफोर्डमा सम्पन्न खेलमा दुवै टिमले २–२ गोलको बाराबरीमा खेललेका हुन् । आर्सनलका लागि मुस्ताफीले खेलको २७ औं मिनेटमा गोल गरेर पहिलो अग्रता बनाएका थिए । भने ३० औं मिनेटमा युनाइटेडका लागि म्यानुका लागि एन्थोनी मार्सियलले बराबरी गोल फर्काएका थिए । 

त्यस्तै, खेलको ६८ औं मिनेटमा आर्सनलका लागि अलेक्जेण्डर लाकाजेटीले दोस्रो गोल गरेर २–१ को अग्रता दिलाएका थिए । तर उनको यो अग्रतालार्ई जस्सी लिंगार्डले धेरैबेर टिक्न भने दिएनन् । उनले आर्सनलको यो अग्रता लाई एक मिनेट पनि बित्न नदिँदै लिंगार्डले युनाइटेडको लागि बराबरी गोल फर्काए ।

त्यसछि खेलको बाँकी समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको थियो ।  बराबरीसँगै १५ खेलमा आर्सनल ३९ अंक जोडेको छ भने समान खेलबाट म्यानुको २२ अंक रहेको छ ।