​"कटु यथार्थ्" (कविता)

Newslaya Home

​"कटु यथार्थ्" (कविता)

बिहीबार २०, मङि्सर २०७५

 संसारमा आएॅ क्रन्दन गर्दै
जिउॅदै छु जीवन मिश्रित भावमा,
जीवन यात्रामा भेटिन्छन्
 धेरै पथिकहरु,
कोही सॅगसॅगै हिंड्न खोज्छन्
कोहि एक्लै हिंडाउन खोज्छन्
अनि ,
कोही लडाउन खोज्छन्।।

नसकिने रहेछ मानिसका
 अभिप्सा कहिल्यै,
पहिरिई रहेछन् मानिसहरु चरम
 सांसारिकताका आभूषणहरू
सदाबहाररुपमा,
बुझ्दैन् मानिस या
 बुझ पचाउॅछ,
कल्पनाका दुना टपरी गाॅस्दा 
बरु सार्थक होला,
 तर,
कसैलाई केहि भन्नु बेकार छ
शब्दको क्षयसिवाय केहि छैन,
जालझेल,घात - अन्तर्घातले
 त्रसित छ मानिस,
बुझ्न र तोड्न नसकिने 
अभेध्य किल्ला पो रहेछ 
मानिसका मनहरु।।

   बरु सकिॅदो हो बृहद्
 पुस्तकाकारका शब्दहरु छिचोल्न,
जुनसुकै लिपीका शब्दहरु
 बुझ्न सकिएला,
तर,
दुरूह रहेछ मानिसका
 मनहरु पढ्न,
न सरल प्रशिक्षक नै भेटिएलान्
मनहरु पढाउने
मनका भाषा बुझाउने,
बरु आफ्नो मन,आफ्नै भाषा 
बुझ्न सके जीवन सहज बन्दो हो
यात्रा निर्बाध हुॅदो हो।।