Newslaya Home

​भारतीयलाई नागरिकता दिलाउन खोज्ने विराटनगरका वडाध्यक्ष धरौटीमा रिहा

बिहीबार २०, मङि्सर २०७५

मोरङ । भारतीय नागरिकलाई नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेका विराटनगर महानगरपालिका वडा नम्बर १ का वडाध्यक्षलाई धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ । 

मोरङ जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको इजलाशले वडाध्यक्ष उद्धव अर्याललाई १२ हजार धरौटीमा छाड्न आदेश दिएको हो । 

झुठो विवरण दिएको आरोपमा वडा अध्यक्ष अर्यालसहित  वडा सदस्य रमेश साह र वडा सचिव पुष्पा तिम्सिनासहित १६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो ।

नक्कली बाबु बनी भारतीयलाई  नागरिकता बनाई दिने विराटनगर –१ घर भई हाल कटहरी गाउँपालिका बस्दै आएका सतयनारायण मण्डल भने पूर्पक्षको लागि  यस अघि नै जेल गइसकेका छन् ।