Newslaya Home

ललित अम्बर डिपो कप : प्रहरी, महेन्द्र मेमोरियल, लिटल फ्लावर्स र इस्र्टन क्वाटर फाइनलमा

बुधबार १९, मङि्सर २०७५

धरान । धरानमा जारी १५ औ ललित अम्वर डिपो कपमा पुलिस स्कुल, महेन्द्र मेमोरियल, लिटल फ्लावर्स र इस्र्टन स्कुल क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

वुधवार भएको खेलमा नेपाल पुलिस स्कुलले सेक्रेटहर्टलाई ४–०, महेन्द्र मेमोरियलले वेलिर्वस पञ्चकन्यालाई २–१, लिटल प्mलावर्सले कार्मेललाई १–० र इस्र्टनले धरान आदर्शलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । 

सेक्रेटहर्ट संगको खेलमा पुलिस स्कुलका तर्फ वाट जेसन खातुन, श्रदन्य श्रेष्ठ, सोनि यादव र प्रवेश तामाङ्गले गोल गरेका थिए । दोस्रो खेलमा महेन्द्र मेमोरियलका सुजन सरदार र निश्चल धमलाले गोल गरे भने वेलिवर्सका अमन राईले एक गोल फर्काएका थिए । कार्मेल विरुद्ध लिटल फ्लावर्स का पर्वत लिम्वुले निर्णायक गोल गरे । त्यस्तै गरि वुधवारनै भएको अन्तिम प्रिक्वाटर खेलमा इस्र्टनका उमङ राईले धरान आदर्श विरुद्ध गोल गर्दै टिमलाई क्वाटर फाइन्ल प्रवेश गराएका थिए । 

बुधबारको खेलमा सेक्रेटहर्टका अनिस प्रसाई, वेलिवर्सका अमन राई, कार्मेलका माइकल लिम्वु र धरान अदर्शका क्षितिज लिम्वु म्यान अफ द म्याच घोषित भए । उनहिरुलाई डिपो स्कुल व्यवस्थापन समितीका सदस्य भिमराज लिम्वुले मायाको चिनो प्रदान गरेका थिए ।

विहिबार हुने पहिलो क्वाटर फाइनल खेल पुलिस स्कुल र हिमशिखर तरहरा, दोस्रो क्वाटरफाइनल खेल मेरिल्याण्ड र आइडल विच हुनेछ । त्यस्तै गरि प्लेट च्याम्पियन तर्फ डिपो र नवज्योति र सेक्रेटहर्ट र सृजना स्कुल विच हुने भएको छ ।