Newslaya Home

​झापामा खैरो हेरोइनसहित दुई जान पक्राउ

बुधबार १९, मङि्सर २०७५

भद्रपुर । लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–७ का २४ वर्षीय हेमन्त राजवंशी र बिर्तामोड–२ का २३ वर्षीय जनक सुन्दास रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर भन्सार गेटबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट ४ सय मिलिग्राम खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको जनाइएको छ।