Newslaya Home

यस्ता छन् जाडोमा बढि देखिने बाथ रोगका लक्षणहरु

बुधबार १९, मङि्सर २०७५

काठमाडौं । गर्मी मौषममा भन्दा जाडो मौषममा बाथ रोग बढी देखिने गरेको छ । सामान्यतया रगतका नलीहरु साँघुरिनु वा जोर्नी दुख्ने समस्यालाई बाथरोग भनिन्छ । यो समस्या जाडो मौषममा बढी देखिने गर्छ । 

चिसो पानी वा चिसो वस्तु छुँदा हातखुट्टाका औंलाको रंग परिवर्तन भई सेतो, नीलो वा रातो भई रगतका नशाहरु खुम्चिँदा रक्तसञ्चार पुर्णरुपमा बन्द हुन सक्छ । यसरी रक्तसञ्चार पुर्णरुपमा बन्द भए बिरामीको मृत्यु हुने खतरा हुन्छ । 


बाथका लक्षणहरु

१. बिहानीको समयमा हात खुट्टाका जोर्नीहरू दुख्ने र सुनिने । 

२. ढाड कम्मर जीउ दुख्ने ।

३. छालामा निको नहुने घाउ आउने ।

४. फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने ।

५. ज्वरो आउने ।

६. फोक्सोबाहिर पानी जम्ने । 

७. शरीर आलस्य हुने ।

८. पानीमा काम गर्दा छालाको रङमा परिवर्तन आउनुका साथै घाउ खटिरा आउने निलो डाम देखिने

९. पिडौला कुर्कुच्चा पौतला पोल्ने ।

बच्ने उपायहरु

१. शरिरमा निलडाम देखिएमा मुखमा घाउ आएमा छालामा डाबरहरु देखिएमा तुरुन्त चिकित्सकलाई देखाउँने ।

२. चिसो मौषममा तातो खानेकुरा खाने, न्यानो कपडा लगाउँने

३. जंगफुडको प्रयोग पनि गर्नु हुदैन् ।

४. हरियो तरकारी ,अनार ,मौषम गाजर ,स्याउजस्ता फलफुल खान सक्छन् ।

५. धुम्रपान तथा मद्ययपान नगर्ने ।

६. बेलुकी मनतातो पानीमा नुन राखेर पाँचदेखि १० मिनेट हातखुट्टाको औला सेक्ने । 
चिसोमा नजाने