Newslaya Home

​फेरी बढ्यो सुनको मूल्य

मङ्गलबार १८, मङि्सर २०७५

काठमाडौं । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ५८ हजार ३ सय रुपैयाँ भएको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।