किन खाने बाँसको तामा

जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ । बाँसको तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।
यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई विदेशमा पनि बाँसको तामा खाने चलन छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ ।
नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ । विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ ।
तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ । थाइल्यान्डमा तोम यम कोङग, चीनमा हट एन्ड सावरमा तामा अनिवार्य हुन्छ । मासुमा तामा राखेर पकाउँदा पनि निकै स्वादिष्ट हुन्छ । बासको टुसालाई ताजै तरकारीको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।
तामाका फाइदाः
१. बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।
२. पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।
३. बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्याउँछ ।
४. यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा मदत गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।
५. गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ ।