Newslaya Home

कतिमा बिक्यो हर्लिक्सको ब्राण्ड

मङ्गलबार १८, मङि्सर २०७५

काठमाडौं । पोषणयुक्त पेय पदार्थ हर्लिक्स, बुस्ट लगायतका उत्पादन ब्रिटिश कम्पनी युनिलिभरले किनेको छ । हर्लिक्स १४५ वर्ष पुरानो ब्रान्ड हो ।

हिन्दुस्तान युनिलिभर लिमिटेड (एचयूएल)मा रहेको शेयरसहित ३.३ अर्ब यूरो बराबरको शेयर युनिलिभरले खरिद गरेको छ । सन् २०१८ को मार्च महिनाको अन्तमा जीएसकेको ५५ करोड यूरो आम्दानी हर्लिक्स र बुस्टबाट भएको जनाइएको छ ।

भारतको न्युट्रिसन ड्रिङ्क मार्केटमा हर्लिक्स ४३ प्रतिशत बजार हिस्सासहित सबैभन्दा ठूलो ब्रान्ड बनेको छ । विश्लेषकहरुका अनुसार यो सम्झौतापछि हर्लिक्सलगायतका उत्पादनहरुको बिक्री अझै बढ्ने छ । 

हर्लिक्सलाई सन् १८७३ मा दुई ब्रिटिश दाजुभाइ विलियम हर्लिक्स र जेम्सले इङ्गल्याण्डमा उत्पादन गरेका थिए । यसलाई १९६९ मा जीएसके ग्रुपलाई बेचिएको थियो ।