Newslaya Home

कस्का लागि लेखुॅ ? (कविता)

मङ्गलबार १८, मङि्सर २०७५

म लेख्छु आफ्नै लागि
मेरै खुशीका लागि,
कहिले विचारले कल्पनामा लेख्छु
कहिले कलमले पानामा लेख्छु,
कहिले म कविता लेख्न खोज्छु  त
कहिले कविताले मलाई लेख्न खोज्छ,
जतिलेख्दै छु  ट्रेलरमात्रै हो 
अनि फिल्मको पटकथा 
त लेख्न बाॅकी नै छ,
पूरै फिल्म हेर्न बाॅकी नै छ।।

छैन् बृहद् स्वार्थ लेख्नमा
हुन् त निस्वार्थी को पो होला र?
दुनियाॅमा,
अब त यस्तो महशूश हुन्छ,
कविता छ र त म छु
शायद तिम्रो परिकल्पना नभएको
 भए कसरी बाॅच्थे होला?
प्रत्येक श्वाशले
प्रत्येक श्वासको उत्सर्गले
दुःखको सुशेलीले
सुखको मीठासले
"कविता"मात्रै भन्छ।।

अझ मलाई यस्तो लाग्छ
मेरो हरेक गतिविधीको सार तिमी नै हो
मेरो श्वाशप्रश्वास,निश्वास,
उच्छवासको उपादेयता तिमी नै हौ,
खोई के छ कुन्नि तिम्रो गर्भमा??
के छ कुन्नी तिम्रो मर्ममा??
कसरी पो उत्खनन् गर्ने हो?
जताततै तिमी
पात - पातमा तिमी,
सर्वव्यापी पो भयौ तिमी
आखिर कारण के छ र?।।

विज्ञानले भन्छ ,अकारण केहि हुन्न रे !
तिमीलाई लेख्न खोज्नुमा
 के नै कारण होला र?
म निरुत्तर छू,निरुपाय छु
 व्यथितहरुको गन्तव्य तिमी
प्रेमीहरुको बिसौनी तिमी,
लेउ शरणमा मलाई
संसारमा "तिमी / म "भएर
सार खोजौं जीवनको,
 क्षार समुन्द्रबाट मन्थन 
भएको कालकुट बिष ,
महादेवले कण्ठमा 
राखेजस्तै,
हामी पनि मन्थन गरौं कविताको
अक्षर - अक्षर।।