Newslaya Home

​विश्वकै पहिलो सुपर एचडी कार्यक्रम प्रशारण गर्दै जापानले

मङ्गलबार १८, मङि्सर २०७५

बीबीसी । जापानको एक टे लिभिजन नेटवर्कले विश्वमै पहिलोपटक आठ हजार रिजोलुसनमा सुपर एचडी कार्यक्रम प्रशारण गर्ने भएको छ ।

राष्ट्रिय सार्वजनिक प्रशारण संस्था, एनएचकेले स्याटलाइटमार्फत दर्शकलाई चार हजार र आठ हजार रिजोलुसनका च्यानल देखाउने बताएको हो । जसलाई जापानले ‘सुपर हाइ भिजन’ नाम दिएको छ । 

सो च्यानलको नाम बीएस८के रहेको छ जसले १२ घण्टासम्म निरन्तर प्रशारण गर्ने बताइएको छ । यसरी पहिलो सुपर एचडी च्यानलमा ‘२००१ः अ स्पेस ओडेसी’ भन्ने चलचित्र प्रशारण गरिएको थियो । सो चलचित्र ६५५ मिलिमिटर लामो फिल्ममा खिचिएको हुनाले त्यसलाई सुपर एचडीमा हेर्दा ससाना दृश्य पनि प्रष्ट देखिने बताइएको छ ।

जापानले भने २०२० ओलम्पिक्स खेल यही च्यानलमा देखाउने तयारी गरिरहेको बताइएको छ । प्रत्यक्ष प्रशारणले धेरै दर्शक तान्न सक्ने हुनाले सो च्यानल धेरै हेरिने अपेक्षा गरिएको एनएचकेको भनाइ छ ।