Newslaya Home

सरकारका आलोचकहरुले भनिदिनुस्, निर्मलाका हत्यारा यो हो भनेर

- मोहनकाजी
मङ्गलबार १८, मङि्सर २०७५

मलाई थाहा छ, यहाँ म जे लेख्न लागिरहेको छु, त्यसमा सबै जना सहमत हुनुपर्छ भन्ने छैन । भिन्न मतको म सम्मान गर्नेछु । म जे लेखिरहेको छु त्यो निर्मलालाई न्याय दिलाउने पक्षमै लेखिरहेको छु ।

निर्मलाको बलात्कारपछि हत्या एउटा निन्दनीय आपराधिक घटना हो । अपराधीहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । तिनलाई कानूनको कठघरामा उभ्याएर हदैसम्म दण्डित गर्नु पर्छ भन्ने विषयमा यो देशको सरकारको पीएमदेखि पिउनसम्म सबै एकमत भएको मैले अनुभूति गरेको छु ।

अपराधीलाई छिटो पक्राउ गरिनुपर्छ, कार्वाहीबाट उन्मुक्ति दिइनु हुँदैन, महिला हिंसाको अन्त्य हुनु पर्छ भन्ने विषयमा कोही कसैको विमति देखिदैन ।

सरकार अभिभावक भएको हुँदा निर्मलालाई न्याय दिलाउने विषयमा बढी जिम्मेवार सरकारका मान्छेहरु हुनु पर्छ । 

तर सरकारले आजसम्म कहिँ कतै निर्मलालाई न्याय दिइनु हुँदैन भनेको मैले सुनेको छैन । तर जोरजुलुम गर्दै सरकारलाई अन्यायीको कित्तामा धकेलेर आरोपित गर्ने एकपक्षीय मिसन मलाई पटक्कै मन परेको छैन । निर्मलालाई न्याय दिने विषयमा सत्तापक्ष, विपक्ष, कतै पक्षमा नलागेको पक्ष, नागरिक समाज सबैको भूमिका हुनु पर्छ ।

आलोचना सभ्य र शिष्टतापूर्वक पनि गर्न सकिन्छ । तर सामाजिक सञ्जाल मात्र होइन, आम सञ्चारका अन्य माध्यममा समेत भद्दा र संस्कारशून्य भएर गालीगलौज गरेको दृश्य हेर्नु पर्दा अप्रिय लागेको छ । यस्तो गाली महात्म्यबाट निर्मलालाई न्याय चाहिँ कसरी हुन्छ ? सरकारका आलोचक महानुभावहरुबाट आजसम्म मैले निर्मलाको हत्यारा यो हो भन्ने किटेर लेखेको र भनेको पढ्न र सुन्न पाएको छैन ।
(फेसबुक स्टाटसबाट साभार)