Newslaya Home

​भक्तको काखमा नबस्ने र चुम्बन नगर्ने भनेर माफी मागिन् राधे माँले

मङ्गलबार १८, मङि्सर २०७५

काठमाडौं । भक्तको काखमा बस्ने र उत्तेजक हाउभाउ देखाउने काम नगर्ने लिखित प्रतिबद्धतापछि राधे माँमाथिको कारवाही फिर्ता गरिएको छ । 

राधे मा को नामले चर्चित सुखविन्दर कौरमाथिको कारवाही हटाइएको हो । उनले लिखित रुपमा माफी मागेपछि जूना अखडाले उनीमाथि गरेको कारवाही फिर्ता लिएको हो ।

कारवाही हटेसँगै राधे माँ कुम्भ मेलाका लागि जुना अखडा पुगेकी छन् । उनको महामण्डलेश्वर उपाधि पनि फिर्ता दिइएको छ । 

जुना अखडाका अनुसार, उनले भक्तहरुका काखमा नबस्ने वाचा गरेकी छन् । उनले भनेकी छन्, ‘अब पहिले जसरी भक्तहरुका काखमा बस्ने, चुम्बन गर्ने, अंगालो हाल्ने गर्ने छैन ।’

उनले अर्का शर्तमा पनि मञ्जुरी जनाएकी छन् । जसमा जथाभावी ननाच्ने बताएकी छन् । ‘जथाभावी नाच्ने, गाउने गर्ने छैन,’ उनले भनेकी छन् ।

यस अघि उनी भक्तहरुसँग रमाइलो गर्दै नाच्ने गाउँने गर्दै आएकी थिइन् । पार्टी तथा समारोहहरुमा आइटम गीतहरुमा समेत नाच्ने गरेकी थिइन् ।

उनलाई ६ वर्ष अघि जुना अखडाले निलम्बन गरेको थियो ।