Newslaya Home

सोमबारदेखि इन्धन दुई रुपैया सस्तो

सोमबार १७, मङि्सर २०७५

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको छ । 

नयाँ मूल्यसूचीअनुसार अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १२ रुपैयाँ कायम गरिएको छ । यसैगरि, डिजेल तथा मट्टितेलको मुल्य प्रतिलिटर ९९ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणाली अनुसार निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको हो ।