Newslaya Home

​शिकार खेल्न गएका साथीबाटै हत्या गरी गाडेको शव फेला

सोमबार १७, मङि्सर २०७५

धरान । शिकार खेल्न गएका आफ्नै साथीलाई हत्या गरि गाडेको अवस्थामा शव फेला पारेको छ । इलाका प्रहरी कार्यालय धरानले धरान १७ स्थित उदय सामुदायिक वनमा शव फेला पारेको हो ।

धरान १७ स्थित नमस्ते चोकका २१ वर्षीय आशिष ठटाल ११ दिन अघिदेखि हराएका थिए । उनी संगै शिकार खेल्न गएका साथीहरुलाई पक्राउ गरेपछि हत्या गरि गाडेको खुलेको थियो । सोमबार प्रहरी र फरेन्सिक विज्ञसहितको टोलीले उदय वनमा गएर शव उत्खनन् गरेका थिए । शवलाई एउटा बोरामा पोका पारेर खाल्डोमा गाडिएको थियो । 

परिवारले आशिष हराएको उजुरी दिएपछि प्रहरीले शंका लागेर सुरुमा आशिषका साथी कमल गुरुङ र मदन वराइलीलाई पक्राउ गरेको थियो । आफुहरु शिकार खेल्न जाँदा हत्या गरेर शव गाडेको बयान दिएपछि शव उत्खनन गरिएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख सुमन तिमिल्सीनाले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा कर्तव्य ज्यान नै देखिएकाले थप अनुसन्धान भईरहेको उनले बताए ।

रातको समयमा बदेल सम्झेर गोलि चलाउँदा मृत्यु भएको उनका एक साथीले बताउने गरेका थिए ।