Newslaya Home

​बाबा रामदेवले सुरु गरे पतञ्जली कपडा उद्योगको

सोमबार १७, मङि्सर २०७५

काठमाडौं । भारतको अहमदाबाद योगगुरु बाबा रामदेवले सोमबार ‘‘पतञ्जली परिधन अपरेल’ को उद्घाटन गरेका छन् 
 
रामदेवको पतञ्जलीले कुर्ता, पाजामा, सारी ल्याएको जनाइएको छ । उनले पतञ्जलीले कपडामा ठूलो धमाका मच्चाउने बताउँदै मानिसहरुले अहिले जिन्सको मात्र कुरा गरेपनि अब पतञ्जलीले कोटदेखि भित्रि बस्त्रसम्म उत्पादन गर्ने जनाए ।

रामदेवले अरु कम्पनीहरु एकल अंकले वृदि भइरहेको अवस्थामा आफ्नो पतञ्जली भने सतप्रतिशतले वृदि भएको बताए । ।
 
उनले आयुर्वेदिक औंषधि, प्राकृतिक खाना, प्राकृतिक पेय पदार्थ, होम केयर साथै डेरीको क्षेत्रमा समेत उद्योगले ठुलो सफलता हाल पारेको छ ।