यी युवती जसले बाजी जित्न चार वर्षसम्म नङ काटिनन्

Newslaya Home

यी युवती जसले बाजी जित्न चार वर्षसम्म नङ काटिनन्

सोमबार १७, मङि्सर २०७५

रुसकी एक युवतीले बाजी जित्नका लागि चार वर्षसम्म नङ नकाटेर नयाँ रेकर्ड बनाएकी छिन् । चार वर्षसम्म हातका औंलाका नङ नकाट्दा १२ सेमी लामा भएका थिए ।

एलिनाका अनुसार, उनले आफ्ना साथीहरुसँग बाजी राखेकी थिइन् । तैले नङ पाल्न सक्दिनस् भनेर साथीले भनेपछि उनले नङ पाल्न सुरु गरिन् । आफ्ना नङलाई बच्चाजस्तै माया गर्ने उनी बताउँछिन् ।

तर अरु मानिसलाई भने आफ्ना नङ देख्दा अचम्म लाग्ने गरेको उनको अनुभव छ ।

सेन्ट पिटर्सबर्गमा बस्ने एलिना आफूलाई दैनिक जीवनमा काम गर्न नङका कारण कुनै अप्ठेरो नभएको बताउँछिन् ।

सबैभन्दा लामो नङ भएको मानिसका रुपमा अहिले उनको नाम राष्ट्रिय कीर्तिमानमा दर्ज भएको छ । उनले त्यसको प्रमाणपत्र पनि पाइसकेकी छन् ।