Newslaya Home

‘लेखन–यात्रा’

पुरुषोत्तम पोख्रेल
सोमबार १७, मङि्सर २०७५

निलो आकाशलाई बृहद् 
सेतो पाना मानेर,
अनि 
आफ्नै शरीरलाई 
एउटा कलम ठानेर,
म लेख्दैछु,
म लेख्न खोज्दैछु,
अनवरत , अविरल
र अविराम गतिमा,
ईच्छा भएसम्म
श्वाश रहेसम्म।।

जब सृष्टिमा ल्याईयो
विस्तारै,
शैशवकाल प्रारम्भ भो,
क,ख,ग,घ ।।।।बाटै
 अक्षराम्भ भो,
वर्णमालाहरुको ज्ञान राख्दै
शुरु भो यात्रा लेखनको,
कहिले गृहकार्यको नाममा
त कहिले ट्यूशनको नाममा,
डटपेन,कलम आदि त 
छॅदै थिए लेख्ने साधन,
मेरो त हातको औंलानै
 बनिदियो लेख्य साधन,
अनि ,
काल्पनिक र बालशुलभ
 चंचलताका शब्दहरु,
काल्पनिकताको पाटीमा
लेखिॅ रहें,
लेख्य सामाग्री बनीरहे,
लेखन श्रोत रहिरहे।।

लेखें धेरै कुरा,
सोचें धेरै कुरा,
यसरी,
आजसम्म लेख्न खोज्दैछु,
हृदयको कलममा
कल्पनाको मसीभरी,
 कहिले मनका पानामा
त कहिले कोरा कागजमा,
पाना त आखिर पानै हो।।

लाग्छ मलाई 
शायद,
अस्तित्वमा ल्यायो 
मलाई लेख्नकै लागि,
लेखेको कुरा संसारमा
 छोड्नलाई नै,
नदुखोस् कसैको चित्त
 मेरा शब्दहरुले,
बरु सुकोस् यादका मुहानहरु।।
तर,नसुकोस् लेखनको मुहान 
मेरो हृदयबाट,
अनवरत् लेख्न सकुॅ 
नीलो आकाशरुपी पानामा,
आफ्नै शरीरलाई 
कहिल्यै मसी नसुक्ने ,
एउटा अजस्र कलम संझेर।।