Newslaya Home

​धरानको चारकोसेमा एक पुरुषको शव फेला

आइतबार १६, मङि्सर २०७५

धरान । धरान उपमहानगरपालिकास्थित चारकोसे जङ्गलमा एक जना पुरुषको शव फेला परेको छ । प्रहरीले आइतबार धरान–१७ स्थित उदय सामुदायीक वनमा धरान–५ देवी गाउँका ५० वर्षीय बखतबहादुर रामदामको शव फेला पारेको हो । 

उनी गत भदौ १६ गते देखि घरबाट सम्पर्क बिहीन थिए । जंगलमा उनको शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । मृत्युको कारणबारे नखुलेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए । 

शव पोस्टमार्टमका लागि वीपी प्रतिष्ठानमा राखिएको छ । शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । बखतबहादुर हराएपछि परिवारले खोजी गरिदिन यस अगाडि नै इलाका प्रहरी कार्यालय धरानमा निबेदन दिएको थियो ।