Newslaya Home

​जोशी हाइड्रोपावरमा साधारण सेयर खुला

आइतबार १६, मङि्सर २०७५

काठमाडौं । इलामको पुवा खोलामा रहेको जोशी हाइड्रोपावर आयोजनाको साधारण सेयर (आईपीओ)मा आवेदन खुला गरिएको छ ।

३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको यो जलविद्युत कम्पनीले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओका लागि आवेदन खुला गरेको हो ।

आजदेखि पुस १९ गतेसम्म आईपीओका लागि आवेदन खुला रहेने कम्पनीले जनाएको छ ।

कम्पनीका आईपीओका लागि न्युनतम् ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ८ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

आईपीओबाट संकलन भएको रकम बैंकको ऋण तिर्न उपयोग गरिने पनि कम्पनीले जनाएको छ । यसले आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ७१ हजार ४ सय कित्ता छुटयाएको थियो ।

यसमध्ये आवेदन नपरेको १ लाख २९ हजार ३९० कित्ता र सर्वसाधारणको लागि छुट्याएको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि आइपीओ निष्काशन गरेको हो ।