Newslaya Home

यस्तो छ आँखामुनि कालो धब्बा हुनको कारण

शनिबार १५, मङि्सर २०७५

​कालो धब्बा आफैमा छालाको रंग होइन, बरु रगत र पानीको प्रवाहको कम हो । 

छाला विज्ञका अनुसार दिनमा यस्ता धब्बा अझै स्पष्ट देखिन्छ । सुख्खा हुँदा यस्तो धब्बा झनै देखिन्छ । जब तपाईको शरिर सुख्खा हुन्छ वा शरिरमा पानीको मात्रा न्यून हुन्छ छालाको आधारभूत पत्र अर्थात् डर्मिसमा रगत र पानीको प्रवाह न्यून हुन्छ । अनि भित्री छाला प्रष्ट रुपमा कालो देखिन्छ । 

तपाईँले अघिल्लो रात सुख्खा खानेकुरा खानुभएको छ वा पानी कम पिउनुभएको छ भने पनि भोलिपल्ट बिहान आँखाको तल्लो भागमा घेरा पर्नेदेखि कालो धब्बासम्म हुन्छ ।

अझ साँझ पख कफी खानुभएको छ भने त यसको स्ष्ट असर भोलि बिहान आँखामा देख्नुहुन्छ । कफीले आँखाको नरम छालाको पानी विस्तारै सोसिदिन्छ र छाला कालो हुन्छ । 

यदि तपाईँ एसी वा ताप दिने कोठामा हुनुहुन्छ भने त यसको असर सिधै आँखाँ मुनिको भागमा पर्न जान्छ । तपार्इँ थकित हुँदा पनि यस्तो कालो धब्बा र रेखा देखिन्छ ।

जब थाक्नुभएको छ वा कमप्युटरमा बढी समय बस्नुहुन्छ वा धुलो र धूवाँ निस्कने ठाउँमा हुनुहुन्छ भने यसले तपाईँको आँखाको छालामा चिल्चिल्याउँछ ।

तपाईँ बिस्तारै आँखालाई रगेट्न वा घोट्न थाल्नुहुन्छ । अनि आँखा धब्बा र रेखा देखिन्छ । तपाईँलाई राम्रोसँग निन्द«ा पुगेको छैन भने पनि यस्तो समस्या आउन सक्छ । 

कालो धब्बाले आखालाई कुरुप नै बनाउँछ। तर, कतिपय धब्बा भने वंशाणुगत कारण पनि हुँन सक्छन् । त्यसैगरी उमेर छिप्पिदै जाँदा वा पाको भएपछि पनि यस्तो समस्या देखिन्छ ।