Newslaya Home

दैनिक दुई करोड रुपैया घाटा बेहोर्दै नेपाल आयल निगम

शुक्रबार १४, मङि्सर २०७५

काठमाडौ‌ । नेपाल आयल निगमलाई हाल दैनिक दुई करोड रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ । दशैंअघिदेखि नै पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुसार मूल्य समायोजन गर्न नसक्दा निगम घाटा बेहोर्न बाध्य छ ।

जसमा सबैभन्दा धेरै घाटा खाना पकाउन प्रयोग गरिने एलपिजी ग्यासमा भएको अधिकारीहरूले बताएका छन् । बर्सेनि एक खर्ब रुपैयाँ भन्दा धेरैको आयात गरिनुपर्ने पेट्रोलियम पदार्थको कारण पनि व्यापार घाटा चुलिँदै गएको छ ।

चाडपर्वका बेला सर्वसाधारणलाई मारमा नपार्न भन्दै प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता संसदीय समितिले नेपाल आयल निगमलाई अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार इन्धनको मूल्य निर्धारण नगर्न निर्देशन दिएको थियो । जसका कारण असोज २ गतेपछि निगमले इन्धनको मूल्यमा परिवर्तन गरेको छैन ।

त्यसकारण करोडौँ रुपैयाँको घाटा भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताए ।