Newslaya Home

घट्यो सुनचाँदीको भाउ

शुक्रबार १४, मङि्सर २०७५

काठमाण्डौ । सुन शुक्रबार(आज) प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार (हिजो) ५७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ घटेको हो ।

चाँदीको मूल्य आज प्रतितोला ७ सय रुपैयाँ कायम भएको छ। हिजोको तुलनामा चाँदी ५ रुपैयाँले घटेको हो ।