Newslaya Home

​भुटेको मकै खानुस्, स्वस्थ रहनुस्

बिहीबार १३, मङि्सर २०७५

तपाई हामीमध्ये कतिपय भुटेका मकैका पारखी छौँ होला । भुटेको मकैले स्वास्थ्यमा विशेष फाइदा गर्छ । जान्नुहोस् भुटेका मकैका फाईदाः

१. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।

२. भुटेको मकैमा भिटामिन सी, केरोटिनाईड, बायोफलेविनाईड हुन्छ जसले रक्त प्रबाहलाई तीब्र बनाई रक्तचाप नियन्त्रण गर्छ ।

३. यसमा आईरन, भिटामिन बी १२, फोलिक एसिडको मात्रा प्रर्याप्त हुन्छ । यसले शरिरमा रगत अभावको समस्याबाट जोगाई कम्जोरी हुनबाट बचाउँछ ।

४. भुटेको मकैमा आइरन, कपर, फस्फोरस र म्याग्नेसियमको मात्रा प्रर्याप्त हुने भएकाले हड्डीलाई मजबुत बनाउँछ ।

५. भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक मात्रामा पाइन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ । भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको समस्या कहिल्यै हुँदैन् ।

६. भुटेको मकैलाई तातो पानीमा केही बेर उमाल्नुहोस् । यस पानीलाई छानेर मिश्रि मिसाएर खाँदा पिसाब पोलेको वा किड्नी कम्जोरीको समस्या समाधान हुन्छ ।

७. भुटेको वा पोलेको मकैमा कार्बोहाइड्रेडको मात्रा पर्याप्त हुने भएकाले यसले शरिरलाई पर्याप्त उर्जा दिन्छ ।

८. भुटेको मकै खाँदा दातको व्यायायम गराउँछ । मकै खानाले दात सफा र बलियो बनाउछ ।