​बेलवारीमा कुपी बत्तीबाट आगो सल्केर ३ बर्षीया बालिकाको मृत्यु

Newslaya Home

​बेलवारीमा कुपी बत्तीबाट आगो सल्केर ३ बर्षीया बालिकाको मृत्यु

बिहीबार १३, मङि्सर २०७५

मोरङ । बेलवारी –७ बाहुनीमा घरमा बालेको कुपीबत्ति बाट आगोसल्केर ३ बर्षीया बालिकाको मृत्यु भएको छ । 

बुधवार साँझ नवल किशोर चौधरीकी ३ बर्षीया छोरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगोलागेर गम्भीर घाईते भएकी थिईन ।

बालिकाको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राती १ः३० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।