Newslaya Home

​मानिसको दिमागमा चिप राखेपछि सोचेरै कम्प्युटर चलाउन सकिने

बुधबार १२, मङि्सर २०७५

काठमाडौं । वैज्ञानिकहरूले पक्षघात भएका व्यक्तिको दिमागमा चिप राख्ने प्रविधि विकास गरेका छन् । जसको मद्धतबाट उनीहरु आफूले सोचेसँगै कम्प्युटर चलाउन सक्नेछन् । 

अमेरिकाको प्रोभिडेन्स भेटरन अफेयर्स मेडिकल सेन्टर, म्यासाचुसेट्स जनरल हस्पिटल र स्ट्यानफोडए विश्वविद्यालयका वैज्ञानिकहरूले प्लस वन म्यागजिनमा यो अध्ययन प्रकाशित गरेका छन् । 

यस डिभाइसमा ब्रेन कम्प्युटर इन्टरफेस टेक्नोलोजी प्रयोग गरिएको छ । यसको सहायताले पक्षघात भएका मानिसले सोचेको भरमा ट्याब्लेटमा सन्देश टाइप गर्न सक्छन्, भिडियो हेर्न सक्छन्, गेम खेल्न सक्छन् अनि पियानो बजाउन
सक्छन् । 

चिपले प्रयोगकर्ताको दिमागमा चल्ने कुरा र विद्युतीय गतिविधिलाई चिन्छ र कम्प्युटरमा पठाउँछ । त्यसपछि कम्प्युटरले डिभाइसलाई कमान्ड दिन्छ । 

चिपको सहायताले इमेल, च्याट, युट्युब भिडियो हेर्न र अन्लाइन शपिङ गर्न सहज हुनेछ । एक व्यक्तिले डिजिटल एपको सहायताले पियानो बजाएर पनि देखाए ।