Newslaya Home

​यसरी थाहा पाउन सकिन्छ इन्स्टाग्राममा बिताएको समय

मङ्गलबार ०४, मङि्सर २०७५

अहिले इन्टरनेट प्रयोगकर्ताहरुका लागि इन्स्टाग्राम एप फोटो शेयरिङको लागि एकदमै लोकप्रिय बनेको छ । 

फेसबुक स्वामित्वमा रहेको यस एपले आफ्ना प्रयोगकर्ताका लागि Your Activity नामक नयाँ फिचर लञ्च गरेको छ । इन्स्टाग्रामको यो नयाँ फिचरले प्रयोगकर्ताले इन्स्टाग्राममा बिताएको समयलाई बताउने छ । 

यो फिचर प्रयोगकर्ताको युजर प्रोफाइल पेजको दायाँतर्फ माथिल्लो कर्नरमा ह्यामबर्गर आइकनको रुपमा रहेको छ । जसमा दैनिक टाइम लिमिट सेट गर्ने तथा अस्थायी रुपले नोटिफिकेसन म्यूट गर्ने जस्ता टुल्स पनि रहेको छ ।
यो फिचरलाई यसरी प्रयोग गर्न सकिने छ । 

  •  इन्स्टाग्राम लगइन गर्नुहोस
  •  इन्स्टाग्राम एपको सेटिंग्स मेन्यूमा जानुहोस्
  •  त्यसपछि Activity नामक अप्सनमा क्लिक गर्नुहोस्
  •  त्यसपछि समयको ग्राफमा क्लिक गरेर तपाइँले त्यस दिन इन्स्टाग्राममा कति समय बिताउनुभयो भन्ने थाहा पाउनुहुनेछ साथै त्यहाँ दैनिक रिमाइन्डर सेट गर्ने अप्सन पनि रहेको छ ।