Newslaya Home

​गोल्छाको नवौं स्मृति दिवस मनायो उद्योग संगठन मोरङले

आइतबार ०२, मङि्सर २०७५

विराटनगर । उद्योग संगठन मोरङले पूर्व अध्यक्ष स्व. महेन्द्र गोल्छाको नवौ‌ं वार्षिक स्मृतिमा बिविध कार्यक्रम गरेको छ । 

विभिन्न व्यवशायीहरुले महेन्द्र गोल्छाको शालिन स्वभावको प्रशंसा गरेका थिए । उनीहरुले गोल्छा उद्योगी व्यवसायीका लागि प्रेरणाको श्रोत भएको बताए । 

नवौ‌ं स्मृतिमा संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष, कार्यकारिणी समिति सदस्यहरुले कोशी अञ्चल अस्पतालका शैयामा रहेका तीनसय विरामीहरुलाई फलफूल वितरण गरेका थिए । त्यस्तै अशोक चोकस्थित विराटेश्वर वृद्धा आश्रममा खाद्यान्न वितरण गरी त्यहा रहेका एकाउन्नजना वृद्धहरुका लागि सहभोज गरिएको थियो ।

स्मृति कार्यक्रमका संयोजक सुवोध कोईरालाले नवौ‌ं स्मृतिमा मंसिर महिना भित्र अन्तर उच्च माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताका साथै वैकर्स र उद्योगीरव्यवसायी वीच मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना गरिने जानकारी दिए । 

उद्योग संगठन मोरङको हाताभित्र अबस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष सुशिल धनावत, दिनेश गोल्छा, शिवशंकर अग्रवाल लगायत उपाध्यायहरु एवं संगठनका कार्यकरिणि समिति सदस्यहरुले माल्यार्पण  गरेका थिए । 

स्मृति कार्यक्रममा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना, कार्यकारिणी समिति सदस्य सुरेन्द्र गोल्छा, नन्दकिशोर राठी, सुवोध कोईराला, तारा निरौला, विपिन कावरा, विनोद पौडेल, प्रतिभा रिजाल ओली, महिला उद्यम समिति सचिव रिता पोखरेल लगायतको सहभागिता रहेको थियो ।