Newslaya Home

​कम्पनीले तलव नदिएपछि एक नेपालीले गरे आत्महत्या

आइतबार ०२, मङि्सर २०७५

काठमाडौं । कम्पनीले तलब नदिएपछि वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका एक नेपालीले आत्महत्या गरेका छन् । 

कतारको एक्वा मास्र्ट कम्पनीमा कार्यरत काठमाडौ जोरपाटी अत्तरखेलका ४६ वर्षीय इमानसिंह जिम्बाले कम्पनीको होस्टल नजिकैको रुखमा झुन्डिएर आत्महत्या गरेको कतारबाट बिबि खरालले जानकारी दिए । 

बिगत ५ महिनादेखि कम्पनीले तलब नदिएपछि जिम्बा तनावमा थिए । कम्पनीले लामोसमय वित्दापनि तलब नपाएपछि मानसिक तनावका कारण उनले आत्महत्या गरेको अनुमान गरिएको छ । 

उक्त कम्पनीमा ४४ जना नेपाली सहित ७७ जना आप्रवासी कामदारले लामो समयसम्म तलब पाउन नसकेको खरालले जानकारी दिएका छन् ।