आज बिहानदेखि फेसबुकमा समस्या

Newslaya Home

आज बिहानदेखि फेसबुकमा समस्या

आइतबार ०२, मङि्सर २०७५

काठमाडौं । आज (आइतबार) बिहान १० बजेदेखि फेसबुकमा समस्या देखा परेको छ ।

फेसबुकको न्युज फिडमा ‘समथिङ वेन्ट रङ’ भन्ने सन्देश मात्र देखाउने गरेको र अन्य साथीले पोस्ट गरेका स्ट्याटस र समाचारहरू नदिखिने गरेको प्रयोगकर्ताले गुनासो गरिरहेका छन् । साथै एकाउन्ट पेज रिफ्रेस भएको छैन ।  

यस समस्याका बारेमा फेसबुकले आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन ।

यसभन्दा पहिला पनि यस्तो समस्या आउने गरेको थियो, तर समस्या आउनुअघि फेसबुकले प्रयोगकर्तालाई आधिकारिक जानकारी दिने गर्दथ्यो ।