Newslaya Home

सुर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनी, व्यक्तीमा सिद्धार्थशमशेर

शनिबार ०१, मङि्सर २०७५

काठमाडौं । सूर्य नेपाल प्रा. लि. नेपालमा सबैभन्दा बढी कर तिर्ने संस्था बनेको छ । आन्तरिक राजश्व विभागले सातौं कर दिवसका अवसर शनिबार काठमडौंमा गरेको कार्यक्रममा सबैभन्दा धेरै कर तिर्ने करदाताका सूची सार्वजनिक गरेको हो।विभागले क्षेत्रगत हिसाबमा सबैभन्दा धेरै कर तिर्ने १५ करदाताको सूची सार्वजनिक गरेको हो। सूचीको पहिलो नम्बरमा सूर्य नेपाल प्रा. लि. परेको छ । निर्यातकर्तामध्ये सबैभन्दा धेरै कर तिर्नेमा डाबर नेपाल प्रा. लि छ। उत्पादनमूलक उद्योगमा हिमाल पावर कम्पनीले सबैभन्दा धेरै कर तिरेको छ।व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमशेर जबरा देखिएका छन् ।