Newslaya Home

‘म सुटुक्क होइन, प्रेसलाईसमेत जानकारी गराएर अमेरिका गएको हुँ,’ मुख्यमन्त्री शेरधन राई (भिडियोसहित)

शुक्रबार ३०, कार्तिक २०७५

विराटनगर । आफ्नो विदेश भ्रमण र सोसम्बन्धमा आएको विवादबारे प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रष्टिकरण दिएका छन् ।

उनले भिडियो र प्रेस विज्ञप्ती जारी गर्दै प्रष्टिकरण दिएका हुन् । उनले आफूलाई अमेरिका भ्रमणको समयमा अनावश्यक विवादमा मुछिएको बताए । उनले आफूलाई केही निहित स्वार्थ बोकेका मिडियाहरुले दुष्प्रचार गरेको समेत आरोप लगाएका छन् ।

उनले आफू दुई वर्षदेखि घाँटीको समस्यासँग जुधिरहेको र चिकित्सकहरुको सल्लाहमा बैंकक गएको बताए । उनले बैंककमा उपचार गरेर रिपोर्ट नआउन्जेल अमेरिकाका केही स्थानमा घुमेको समेत बताएका छन् । उनले आफू सुटुक्क नभई सबैलाई जानकारी गराएर अमेरिका गएको समेत उनले बताएका छन् । उनले निजी भ्रमण भएकोले रातो पासपोर्टसमेत प्रयोग नगरेको बताए । 

अमेरिकामा प्रवासी मञ्च र आदिवासी जनजाति महासंघको आयोजनामा भएको कार्यक्रममा सहभागि भएको र अमेरिकाको केही ठाउँ घुमेको उनले बताए । 

उनले ६ महिनासम्म औषधी सेवन गर्दा निको हुने जाँच बाट पत्ता लागेकोसमेत उनले जानकारी गराएका छन् ।

उनले उपचारको सम्पूर्ण खर्च आफै व्यहोरेको र कसैसँग नलिएको समेत बताएका छन् । उनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।
भिडियो: