Newslaya Home

ठग्स अफ हिन्दुस्तानले तोड्यो रेकर्ड

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । समिक्षकहरुले राम्रो नभनेपनि फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ले पहिलो दिन नै कीर्तिमानी कमाइ गरेको छ । रिलिजको पहिलो दिनमै यसअघिका सबै रेकर्ड तोड्दै फिल्मले ५२.२५ करोडको व्यापार गरेको छ ।

आमिर खान र अमिताभ बच्चन अभिनित बलिउड चलचित्रले बिहीवार हिन्दी भर्जनबाट मात्रै ५०.७५ करोड रुपैयाँ कमाएको थियो । अन्य भाषा तामिल र तलेगुको कमाइलाई समेत जोड्दा कूल कमाइ ५२.२५ करोड पुगेको हो ।

यसअघि पहिलो दिनमा सबैभन्दा बढी कमाउने फिल्मको रेकर्ड शाहरुख खानले खेलेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ को नाममा थियो । जसले पहिलो दिन ४४.९७ करोड भारु आम्दानी गरेको थियो । 

भारतीय सञ्चारमाध्यमका अनुसार आमिर र अमिताभको ‘ठग्स अफ हिन्दोस्तान’ हेर्न अन्य चलचित्रको भन्दा केही बढी पैसा तिर्नुपर्ने छ । किनकी टिकटको मूल्य नै बढी तोकिएको छ ।