Newslaya Home

पहिलोपटक भाइटिकामा राष्ट्रपति निवासमा पत्रकारलाई प्रवेश निषेध

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौ । दशैँमा आलोचना भएपछि सञ्चारकर्मीहरुले यो पटकको तिहारमा शितल निवासमा प्रवेश पाएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीको भाइटिका पत्रकारहरुले खिँच्न नपाएका हुन् ।

राष्ट्रपतिको भाइटीकाको फोटो र भिडियो खिच्न सञ्चारकर्मीहरुलाई शितल निवासमा सुरक्षाकर्मीहरुले रोकेका छन् । 

यसअघिका वर्षहरुमा सञ्चारकर्मीहरुले प्रवेश पाए पनि यो वर्ष भने गेटैमा पत्रकार रोकिएका हुन् । आफै फोटो पठाइदिने भनेर फर्काएको पत्रकारहरुले जानकारी दिए । 

राष्ट्रपतिले दशैँमा टीका लगाइदिँदा घुँडा टेकेर समेत टीका लगाएको फोटो सार्वजनिक भएसँगै आलोचना बढेको थियो ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिएकी छिन् ।