Newslaya Home

आमिर र अमिताभ अभिनित ‘ठग्स अफ हिन्दोस्तान’ अनलाइनमा लिक

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । आमिर खान अभिनित ‘ठग्स अफ हिन्दोस्तान’ लिक भएको छ । आमिर खान र अमिताभ बच्चन अभिनित चलचित्र बलिउडका महंगा फिल्ममध्ये एक यो फिल्म हलहरुमा लागेलगत्तै लिक भएको हो ।फिल्म पुरै एचडी क्वालिटीमा अनलाइनबाट लिक भएको छ ।एक अनलाइन साइटले फिल्म लिक गरेको बताइए पनि उक्त साइट अहिले ‘ब्लक’ भएको जनाएको छ । फिल्म निर्माता र निर्देशकले फिल्म लिक गर्ने साइटविरुद्ध कानूनी प्रक्रिया अपनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।आमिर र अमिताभका फ्यानहरुले पर्खिरहेको ‘ठग्स अफ हिन्दोस्तान’ को समिक्षकहरुले आलोचना गर्दै समीक्षा लेखेका छन् ।