Newslaya Home

देउसी विवादमा झडप, १० पक्राउ

शुक्रबार २३, कार्तिक २०७५

बाँके । देउसीभैलो खेल्ने क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । झडपमा नौ जना घाइते भएका छन् ।बाकेको जानकी गाउँपालिका–५ बनिया गाउँमा गए राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा सेवन गरेका दुई युवा समूहबीचको विवाद कुटाकुटमा परिणत भएको थियो । घटनामा संलग्न १० युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घाइते भएका नौ जना उपचार गरी घर फर्किएका छन् ।