Newslaya Home

​पूर्वराजा ज्ञानेन्द्रले साइत भन्दा तीनघन्टा अगावै लगाए भाइटीका

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान ९ः३० को शुभसाइतमा बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।

भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् ।