Newslaya Home

​भिरबाट लडेर नेपाली सेनाका सिपाहीको मृत्यू

शुक्रबार २३, कार्तिक २०७५

ओखलढुङगा । ओखलढुङगाको सिद्धिचरण नगरपालिका–३ को बेसारे भिरबाट लडेर अरिदमन गण ओखलढुङगामा कार्यरत सिपाही, सुबास कार्कीको मृत्यू भएको छ । 

कार्यालयबाट ओखलढुङगा चिसंखुगढी गाउँपालिका–३ खानिभञ्याङमा रहेको आफ्नो घर तर्फ जाने क्रममा अचानक उक्त भिरबाट लडेर कार्की गम्भीर घाईते भएका थिए । घाईते भएका उनको मिसन अस्पताल ओखलढूङगामा उपचारका क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।