Newslaya Home

​प्रधानमन्त्री ओलीले दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँने

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीकामा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा आफ्ना दुर्इ बहिनीहरूसँग लगाउने भएका छन् । 

प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् । 

प्रेस संयोजक चेतन अधिकारीका अनुसार चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका हो ।

भाइटीकाको निर्धारित उत्तम साइतमै प्रधानमन्त्री ओलीले  बालुवाटारमा भाइटीका लगाउने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले दिए ।