Newslaya Home

उपचारका लागि थाइल्यान्ड गएका मुख्यमन्त्री पुगे न्यूयोर्क

शुक्रबार २३, कार्तिक २०७५

काठमाडौँ । उपचारका लागि थाइल्यान्डको बैंकका उडेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अमेरिकाको न्यूर्योक पुगेका छन् । 

थाइल्यान्डमा गरिएको स्वास्थ्य जाँचका क्रममा स्वास्थ्यमा कुनै समस्या नरहेको चिकित्सकहरुले बताएपछि मु्ख्यमन्त्री राई व्यक्तिगत भ्रमणका लागि न्यूर्योक गएका हुन् । न्यूर्योक पुग्नुअघि उनी जर्मनी पुगेको तस्बिर पनि सार्वजनिक भएको थियो । 

न्यूर्योक पुगेर मुख्यमन्त्री राईले त्यहाँका गैरआवासीय नेपालीलाई नेपालको विकासको लागि देशविदेका सबै नेपाली जुटनुपर्ने बताएका छन् । 

मुख्यमन्त्री राईले अमेरिकाबासी नेपालीसँग प्रदेश १ को राजधानी र नामबारे कुरा राख्न समेत भ्याएको जनाइएको छ । 

मुख्यमन्त्री राई न्युयोर्कको कार्यक्रममा भाग लिएपछि बाल्टिमोर हुँदै नायागारफल्सतिर  गएको जनाइएको छ ।