Newslaya Home

​धरान र रामधुनीबाट २६ जुवाडे पक्राउ

शुक्रबार २३, कार्तिक २०७५

सुनसरी । सुनसरीबाट जुवा खेलिरहेको अवस्थामा २६ जना जुवाडे पक्राउ परेका छन्। 

सुनसरी प्रहरी प्रमुख एसपी राजन अधिकारीका अनुसार धरान उपमहानगरपालिका–१६ स्वामी चोकबाट एक लाख १० हजार रुपैयाँसहित सात जनालाई बिहीबार राति नियन्त्रणमा लिएको हो । 

यस्तै, रामधुनी नगरपालिका–५ बाट ९३ हजार रुपैयाँसहित १९ जना जुवाडे नियन्त्रणमा लिइएको एसपी अधिकारीले जानकारी दिए।